सुर्खेत- वर्षाका कारण सुर्खेतका अधिकांश स्थानमा मतदान प्रकृया प्रभावित भएको छ। हावाहुरी र असिना पानी परेपछि जिल्लाका अधिकांश मतदान केन्द्र प्रभावित भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षा अहिले पनि भइरहेको छ। जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।