प्रतिकात्मक तस्बिर
काठमाडौं– सप्तरीको डाक्नेश्वरी नगरपालिका– २ स्थित हिररबा माविको मतदानस्थलमा मतदान स्थगित भएको छ।
मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएकोमा पुन: सुरु हुने अवस्था नभएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो।
लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।
'मतदान पुन: सुरु गर्न सकिने अवस्था नभएपछि स्थगित गरिएको छ। अब अर्को दिन मतदान हुनेछ,' प्रजिअ गौतमले भने, 'मतदान हुने अर्को दिनको विषयमा निर्वाचन आयोगले मिति तोक्ने छ। कुन दिन तोक्ने भनेर अहिले छलफल भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।