काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले केही समस्या देखिएपनि देशभरका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको जनाएका छन्।
केही ठाउँमा छिटफुट घटना र विवाद हुँदा मतदान रोकिए पनि सुचारु हुनेक्रम जारी रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ। तर, कुनै पनि केन्द्रमा मतदान कार्य हालसम्म स्थगित नभएको थपलियाले उल्लेख गरेका छन्।
'अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ। केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ । कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन,' प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।