काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशभर बिहानैदेखि मतदान भइरहेको छ।
दिउँसो २ बजेसम्मको प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भइसकेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानअन्तर्गत देशका विभिन्न ६७ स्थानमा मतदानका क्रममा समस्या देखिएको छ।
'ती क्षेत्रमा मतदान प्रभावित भएको अवस्था थियो। तर, अहिलेसम्म ३६ स्थानमा पुनः मतदान सुरु भइसकेको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।
‘६७ स्थानमा समस्या देखिएको थियो। ३१ मा सुचारु हुन बाँकी छ। अरुमा सुचारु भइसकेको छ,’ उनले भने,‘कही मतदान गर्ने विषयमा झडप, कतै लाइन बस्ने क्रममा र कतिपय ठाउँमा मतदान अधिकृतले नै मत हाल्दा समस्या देखिएको हो।’
उनले समस्या भएका ठाउँमा पनि सहजीकरण गरेर अवस्थालाई शान्तिपूर्ण बनाउने काम भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।