काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् डलर अर्बपति विनोद चौधरीले नवलपुरबाट मतदान गरेका छन्।
चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्।
चौधरीले आफ्नो फेसबुकमा मतदान गरेको फोटो राख्दै भनेका छन्, ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचनमार्फत् आफ्नो नेतृत्व आफैं छान्न पाउनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।