काठमाडौं– काठमडौं महानगरपालिकाको मेयर पदका लागि एमालेका उम्मेदवार केशव स्थापितले उत्साहित हुँदै मतदान गर्नुपर्ने बताएका छन्। शुक्रबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका उनले आफूले उत्साहित भएर मतदान गरेको बताएका छन्।
स्थापितले देशभरबाट चुनावको परिणाम र आफूले बोलेको हेरिरहेकाले तौलेर बोल्नुपर्ने बताए। उनले आफूले नयाँ जिम्मेवारी लिन लागेकाले अब बोल्दा तौलेर बोल्नुपर्ने बताएका हुन्।
‘मैले बिहान ध्यान गरें। मेरो आँखामा ध्यान देख्न सक्नुहुन्छ,’ स्थापितले भने, ‘मलाई नयाँ जिम्मेवारी आउँदै छ भन्ने महसुस भएको छ।’
स्थापितले मतदानको परिणाम नआउँदासम्म स्वघोषणा गर्न नमिले पनि आफूले नयाँ जिम्मेवारी लिन लागेको बताए। उनले भने, ‘चुनावको प्रचारको बेला स्वघोषणा गर्न मिल्दैन्। ध्यानमा हुनुपर्छ। एक शब्द पनि तौलेर बोल्नुपर्छ। म नयाँ जिम्मेवारी लिँदैछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।