काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। उनले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका- २ स्थित महेन्द्र शान्ति मावि 'क' मा मतदान गरेका हुन्।
मतदानपछि उनले लोकतन्त्रमा एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्ने बताए।
ओलीले देशभर उत्साहजनक मतदान भएको बताए। 'आमरुपमा भन्ने हो भने केही ठाउँमा बाहेक शान्तिपूर्ण रुपमै मतदान भएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।