काठमाडौं– रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप हुँदा रोकिएको मतदान पुनः सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेका अनुसार हाल स्थिति नियन्त्रणमा आएको र पुनः मतदान सुरु भएको छ।
घिमिरेकाअनुसार विजयपुर नगरपालिकामो ३ नम्बर वडामा झडप भएको थियो। शीतलपुर मतदान केन्द्रमा विवादका कारण झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको उनले बताए।
‘झडप पार्टीबीच नभएर दुई व्यक्तिका पक्षहरुबीच भएको हो,’ घिमिरेले भने, ‘झडपपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा ल्याइएको छ।’
घिमिरेकाअनुसार हाल मतदान प्रक्रिया सहज ढंगले जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।