काठमाडौं– काभ्रेको चौंरीदेउराली गाउँपालिकाको वडा नम्बर ६ मा झडप हुँदा मतपेटिका फुटाइएको छ। दुई पार्टीका कार्यकर्ताहरुबीच विवाद हुँदा झडप भएको र खाली मतपेटिका फुटाइएको काभ्रेकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले बताइन्।
नेपाल लाइभसँग बोल्दै पाण्डेले भनिन्, ‘खाली मतपेटिका फुटाउने काम भएको हो। मतदान गरिएको मत पेटिका फुटाइएको होइन्। दुई पार्टीबीच विवाद भएकाले झडप भएको हो।’
पाण्डेकाअनुसार अहिले विवाद समाधानका लागि दुवै पक्षलाई सारेर सर्वदलिय बैठक बसिरहेको पाण्डेले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।