काठमाडौं– रामेछापको सुनापति गाउँपालिका–२ को मतदान स्थलमा एक राउन्ड हवाई फायर भएको छ।
जिल्ला प्रशासान कार्यलयले दिएको जानकारीअनुसार मतदानको तारबार नजिक झडप हुन लाग्दा अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरिएको हो। हवाई फायरपछि अवस्था सामान्य रहेको र मतदान कार्यक्रम जारी रहेको जनाइएको छ।
त्यस्तै, उता खाँडादेवी गाउँपालिका–१ मा मतदान स्थकित भएको छ। मतदान स्थलमा झडप र तोडफोड भएकाले मतदान स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
अहिले सर्वदलीय बैठक बसिरहेकोले छिट्टै मतदान सुरु हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।