काठमाडौं- बैतडीमा मतदान गरि फर्किँदै गरेका एक वृद्धको मृत्यु भएको छ।
दोगेडा केदार गाउँपालिका –३ कल्फटाका ८४ वर्षीय हरिसिंह भाट शुक्रबार बिहान सनातन धर्म विद्यालयको मतदान केन्द्रबाट मतदान गरेर फर्किने बेला अचानक बेहोस् भएका थिए।
बेहोस् भएपछि उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।