तस्बिरहरू : धनु विश्वकर्मा
काठमाडौं- स्थानीय तहको मतदानको दिन बिहीबार काठमाडौंका सडक सुनसान छन्। मतदाता भने मतदानका लागि उत्साहपूर्वक लाइनमा लागेका छन्।
मतदानको दिन सरकारले अत्यावश्यक सेवाका बाहेक सवारी साधन चलाउन रोक लगाएको छ। एम्बुलेन्स, सञ्चारमाध्यमका लगायत र पूर्वस्वीकृति लिइएका सवारीलाई मात्र सञ्चालन गर्न दिइएको छ।
प्रहरीले ठाउँ ठाउँमा सवारी पास जाँच गरिरहेको छ। अत्यावश्यक र स्वीकृति नलिएका बाहेक सवारी रोक्दा काठमाडौंका सडक सुनसान बनेका हुन्।
यी तस्बिरहरू ललितपुरको बालकुमारी तथा काठमाडौंको कोटेश्वर, तीनकुने, बानेश्वर तथा बिजुलीबजार क्षेत्रका हुन्।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।