काठमाडौं–निर्वाचन आयोगले वडा सदस्य पदका लागि गरिने मतदानका सम्बन्धमा स्पष्ट पारेको छ।
आयोगले स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नुपर्ने दुई जना वडा सदस्यको पदमा मतदान गर्ने तथा मतगणना गर्ने सम्बन्धमा द्विविधा उत्पन्न भएको भन्दै स्प्ष्ट पारेको हो।
छैटौं र सातौं कोलमको मतपत्र एउटै पदको मतपत्र भएको र सो मतपत्रबाट दुई जना उम्मेदवारमात्र निर्वाचित हुने भएकाले छैटौं र सातौं कोलममा भएका चिन्हमध्ये कुनै दुईभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरिएमा सो पदको मत पूरै बदर हुने आयोगले जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।