काठमाडौं– गायिका टीका प्रसाईंको आवाज रहेको ‘माया लुकी लुकी’ बोलको गीत अहिलेसम्मकै सबैभन्दा छोटो समयमा सबैभन्दा बढी श्रोता दर्शक युट्युवमा हेरेको नेपाली गीत बन्न पुगेको छ।
प्रसाईंको गीत ३४ दिनमै एक करोड भ्युज पुगेको हो।
रचनाकार आनन्द अधिकारीको शब्द ,आशिष अविरलको संगीत र संगीत संयोजन रहेकोे गितको भिडियो डान्सिङ ग्रुप ‘द कार्टुन क्रिउ’लाई फिचरिङ गरिएको छ।
प्रसाईंको तिमी भन्छौ भने म तिम्रै हुँ, नाइँ मलाई थाहा छैन, एउटा कुरा भनु म, तिमी मलाई मन पर्छ, चट्ट सलाम, सेल्फीको जमाना, तिम्ले साथ दिँदा ,कान्छी रे जस्ता गीत चर्चित छन्।
झापा तोपगाछीबाट आफ्नो सांगितिक यात्रा सुरु गरेर करिब दुई दशकको सांगितिक यात्रा तय गरेकी गायिका प्रसाईंको 'माया लुकी लुकी' गीतलाई उनको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।