काठमाडौं–निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚ चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसपीसँग स्पष्टीकरण माग गरेकाे छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर बिहीबार आयोगले उनीहरूसँग स्पष्टीकरण माग गरेकाे हो। त्यस्तै आयोगले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दोस्रो पटक स्पष्टीकरण माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।