काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।
यी ४ संक्रमित मध्ये ३ जना काठमाडौंका हुन् भने १ जना झापाका हुन्।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन्।
यो अवधिमा कोरोनाका कारण हुने मृत्यु संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।