काठमाडौं– मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिका-१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले पक्राउ परेका छन्।
बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनमा रहेको मतदान स्थलमा कर्मचारीको हातबाट मतपत्र खोसेर भागेका काफ्लेलाई प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।
अर्यालयका अनुसार काफ्लेले बुधवार मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेका थिए।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सूचना अधिकारी अर्यालले काफ्ले अहिले जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा रहेको जानकारी दिए।
काफ्लेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कसूर अन्तर्गत कारबाही चलाउने अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।