• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फिल्म ‘बोबी’ : उमेश र कविताको आफ्नै प्रेमकथा, आफ्नै अभिनय

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  १३:३९
1140x725

काठमाडौं– प्रेमकथाहरु वास्तविक र काल्पनिक दुवै हुनसक्छन्। कसैका प्रेम कथाहरु इतिहासका पानामा लेखिन्छन् अनि कतिका प्रेमकथा जीवनको अन्त्यसँगै मेटिन्छन् पनि। उमेश थापा र कविता थापा गुरुङलाई आफ्नो कहानी जीवनपर्यन्त पनि बाँचिरहन्छ भन्ने लाग्छ। सोही कथाकै धरातलमा पछिल्लो समय फिल्म ‘बोबी’ निर्माण भएको छ। रोचक कुरा त के छ भने उक्त फिल्ममा वास्तविक चरित्रहरु नै पर्दामा देखिदैँछन्।

उमेश र कविताले बाँचेको प्रेमिल जीवन हाम्रो समाजमा सीमितले मात्रै पक्कै भोगेका छैनन्। तीमध्ये कति कथाहरु हुर्किएका होलान्, कतिपय कथाहरु फक्रन नपाउँदै मुर्झाएका उदाहरणहरु पनि नसुनिएका हैनन्। सामान्य आँखाले हेर्दा उनीहरुको प्रेमकथा पनि नेपाली समाज भित्रको आम कथाहरुकै रुपमा दर्ज भएको पनि हुनसक्छ। तर समाजले निर्धारण गरेको जातिय विभेद भित्रको काँडेतारलाई पन्छाएर अघि बढेको उनीहरुको प्रेमकथा अकालमै चुँडिएका त्यस्ता अन्तर्जातीय प्रेम सम्बन्धका लागि भने उदाहरण बन्ने निश्चित छ, जसले कोपिलामै चुँडिनु परेन। उमेश र कविताले २० वर्षपछि उही पुरानै परिदृश्यलाई पर्दामा उतार्न खोजिरहेका छन् फिल्म ‘बोबी’मा।

पृथक पारिवारिक पृष्ठभूमिमा हुर्किएका २ पात्रमा कथानक अडिएको छ। उमेश गरिब परिवारका सदस्य अनि कविता उच्च आर्थिक घरानाकी केटी। ललितपुरको ग्रामीण क्षेत्र लुबुमा जन्मीएका उमेश, एसएलसीपश्चात् ओभरसियर अध्यननका लागि कास्कीको हेम्जा पुग्छन्।

३ वर्षे पोखरा बसाइका क्रममा उमेश कवितासँगको प्रेममा पर्छन्। उसो त १९ वर्षका ठिटो उमेश इन्जिनियरिङका विद्यार्थी भए पनि त्यो समय व्यवहारिक पक्षमा भने आफू आलोकाँचो ने रहेको सम्झिछन्। उमेशभन्दा १ वर्षमात्रै कम उमेरकी कविताले पनि आफ्नै आँखामा आफूलाई त्यस्तै नै सम्झिँदी रहिछन्। तर स्विमिङ पुलमा संयोगले भेट भएको यस जोडीले भेटघाट र सम्पर्क बढ्दै गएर आजको अवस्थामा पुगिएला भनेर नचिताएको स्मरण गरे।

सानैमा आफ्ना बाबाआमाको बेमेलबाट अलग्गिएकी कविता काकाको साथमा आनन्दको जीवन बिताइरहेकी थिइन्। तर उमेश आमाले गलैँचा बुनेर कमाएको पैसाबाट जसोतसो प्राइभेट स्कुल पढेर ओभरसियर पढ्न हेम्जा पुगेका थिए।

‘हेम्जाबाट कवितालाई भेट्न म पोखरा बजार ३ वटा बस परिवर्तन गरेरै भएपनि पुग्ने गर्दथेँ।,’ भेटको सुरुवाती शृंखलाको संझना गर्दै उमेशले भने,‘ अनि कविता पनि मलाई भेट्न परिवारमा अनेक बहाना बनाएर बसपार्कमा पर्खेर बसिरहन्थिन्।’ यहीँबाट सुरु भएको थियो उमेश र कविताको अन्तरजातीय प्रेम सम्बन्धको अध्याय।

समयक्रमसँगै उनीहरु एकअर्कामा घुल्दै गए। भेटघाट, सम्पर्क, हाँसोमजाक हुँदै दुवै एकअर्काका पर्याय बन्न समय नै लागेन। तर उनीहरुको नजिकपनको खबर परिवारसम्म पुग्न समय लागेन। वर्गीय र जातीय दुवै आधारमा कविताको परिवार यो सम्बन्ध स्विकार्न तयार भएन। तर उनीहरु परिवारको निर्णयको विरुद्धमा जाँदै आफुखुसि बिहे गर्न राजी भए र त्यसलाई औपचारिकता समेत दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘मलाई डल्लु (कविता)ले  भागेर बिहे गर्ने प्रस्ताव राखिन्, मैले पनि हुन्छ भन्दिएँ, म कवितालाई लिएर सिधा लुबु आँए।,’ सम्बन्धलाई झनै कसिलो बनाएको त्यो क्षणलाई सम्झिँदै उमेश आवाजमा जोडिए, ‘युवावस्था, त्यसमाथि दुवै जना अन्योलग्रस्त थियौँ। साथमा केही थिएन, न पैसा न अन्यत्र जाने साहस नै।  घर आइपुग्दा गोजीमा मात्र १० रुपैयाँ बाँकी थियो।’

केहीबेरको मौनतापछि उमेश पुनः सम्वादमा जोडिए, ‘पढाइ पुरा भएकै थिएन। तेस्रो वर्षको परिक्षा बाँकी नै थियो। यता कवितालाई घरमा बाबा आमाले त स्वीकार्नु भयो तर समाजले स्वीकार्ने स्थिती पटक्कै थिएन।’ 

त्यसमाथि सँगै रहन सम्बन्धमा जोडिएका दुवैजनालाई परिस्थितीले भने सँगै रहन दिएन। कवितालाई घरमा छोडेर बाँकी पढाइ पुरा गर्न उमेश पुनः हेम्जा हानिएँ।

नयाँ ठाउँ, नयाँ परिवेश, त्यसमा पनि फरक रहनसहन, लुबुमा कविताले बिस्तारै आफूलाई अभ्यस्त बनाउँदै लगिन्। ‘उहाँ पोखरा जानुभयो यता लुबुमा म एक्लै। मन रोइरहन्थ्यो। कहिले आउनुहोला जस्तो हुन्थ्यो।,’ कविताले पोखरा बसाइको क्षण यसरी सम्झिइन्,‘पोखरामा हुँदा समय–समयमा भेट हुन्थ्यो। भेटमा दिनभरी एक साथ बिताउँथ्यौँ। उहाँ होस्टल बस्नु हुन्थ्यो। हामीबिच फोनमा कुरा हुन्थ्यो। तर उहाँको होस्टलको फोनबाट २ मिनेट बढी कुरा गर्ने अवसर नै मिल्दैनथ्यो।’

‘एकअर्काको अभाव परिपूर्ति र पारिवारिक बन्देज तोड्नका लागि हाम्रो बिहे भएको थियो। तर परिस्थिती उल्टो बन्यो।,’ कविताले भनिन्,‘उहाँ मलाई लुबुमा एक्लै छोडेर पोखरा जानु भयो, पोखराबाट फर्कीएको केही महिना नबित्दै उहाँको नर्वेको भिसा पनि कन्फर्म भयो।’ 

कविता आफ्ना पुराना दिन सम्झेर एकसुरमा भन्दै थिइन्। श्रीमान् उमेश श्रीमतीका आँखामा एक तमासले हेरेर मौन समर्थन र सन्तुष्टि जनाइरहेको उनको अनुहारको हाउभाउबाट छर्लंग हुन्थ्यो। लाग्थ्यो, उनीहरुको २० वर्षअघिको प्रेम आज पनि उस्तै छ।

पोखरामा फरक परिवेशमा हुर्किएकी कवितालाई लुबुमा श्रीमानबिनाको जीवन बिताउँनु सजिलो भने थिएन। माइतीको समर्थन थिएन, परिवारमा पनि अर्को जातको भन्दै कुलदेवताको पूजा तथा पधेँरामा समेत हेय दृष्टिले हेरिन्थ्यो। ‘घरमा कुलदेवताको पूजा अनि पानी पधेराँमा पनि म अचल हुन्थे। अरुको भान्सामा पनि म अचल नै थिएँ।,’ कविताले भनिन्, ‘बिहेको २ महिना नबित्दै उमेश नर्वे जानुभयो। म झनै एक्ली भएँ। लाग्थ्यो सबै कुराहरु मेरो विरुद्धमा छन्।’

दिनमा कामकाजमा व्यस्त हुनेहँदा कवितालाई दिन गुजार्न त्यत्ति कठिन हुन्थेन। तर कैयौँ रात उमेशकै सम्झनामा आशुँसँगै बिताएको सम्झना आज पनि ताजा रहेको उनी बताउँछिन्। भन्छिन्, ‘त्यतिबेला लाग्थ्यो अब मेरो उमेशसँग भेट नै हुँदैन होला।’

नर्वेमा रहँदा उमेशले बेलाबेला फोन गर्दै कवितासँग कुराकानी गर्थे। मनका भावना साट्थे, तर महंगो हुने भएकोले उनीहरुले भावना साटासाट गर्ने माध्यम चिठीलाई बताए। ‘महिनाभन्दा बढी समयमा चिठी आइपुग्थ्यो। म चिठीलाई प्रत्येक दिन पढ्ने गर्दथेँ। यस्तो लाग्थ्यो हाम्रो प्रेमको सारथी थियो चिठ्ठी–पत्र। त्यही पत्रमा आफ्ना प्रेमका भावना असरल्ल पोख्थ्यौँ।’, कविताले लामो सुस्केरा हालिन्, अनि श्रीमानको मुखतिर हेर्दै फिस्स हाँसिन्।

उनीहरुका बीचमा २ वर्षसम्म यही शृंखला कायम रह्यो। पछि कविताले पनि नर्वेको बाटो तताइन्। तर नर्वे उनले सोचेजस्तो सहज थिएन।

इलेक्ट्रिकल इन्जिनियर उमेश परिवारभन्दा बढी काम र पढाइमा व्यस्त रहन्थे। एकातिर अध्ययनको चटारो अनि अर्कातिर कामको बोझ, उमेश र कविताको प्रेम सम्बन्धले सोचेजस्तो आकार लिन सकिरहेको थिएन। नर्वेको व्यस्त जीवनयापनकै क्रममा उनीहरुले छोरो एलियसलाई जन्म दिए। ‘एलियस अहिले १४ वर्षको भयो। उ पनि अहिले हामीसँगै आएको छ।’, कुराकानीका क्रममा सँगै रहेका छोरालाई देखाउँदै कविताले भनिन्।

नर्वेमा उमेश र कविताको परिवार अहिले भने सन्तुष्टिको जीवन बिताइरहेको छ। उमेशले टेलिकम इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर डिग्रीका साथै एमबिए समेत पुरा गरेर नर्वेमै हाल जागिरे छन्। कविताले पनि एसएसलसी पछिको अपुरो अध्ययन यात्रालाई निरन्तरता दिँदै नर्वे पुगेर बेकरी कोर्ष गरिन्। र हाल स्वरोजगार छिन्।

अहिले यिनै प्रेम जोडीको कथामा फिल्म ‘बोबी’ प्रर्दशनको तयारीमा छ। तर यही प्रेम जोडीकै कथामा किन बन्यो त फिल्म बोबी? जवाफमा उमेश भन्छन्, ‘यो हाम्रो व्यक्तिगत घटना भएपनि यहाँ हाम्रो समाजको साझा समस्याको प्रतिविम्ब छ। अन्तरजातीय भेदभावको गहिरो कथा छ। नवविवाहित दम्पती जो बाध्यतामा परेर परदेसिएका छन्, उनीहरुको जीवनको भोगाइ छ। सायद यसैको प्रभावले नै होला हाम्रो प्रेम कथा फिल्म बन्न लायक भएको।’

२० वर्षसम्म उनीहरुको जिन्दगीको आरोह–अवरोहलाई निर्देशक मिलन चाम्सले २ घण्टामा पर्दामा उतार्ने कोशिष गरेका छन्। जिन्दगीले यती लामो कालखण्ड पार गरेपनि उमेश र कविताको जोडी २ घण्टामा छोटिएको फिल्मप्रति र निर्देशक चाम्स प्रति आभारी छन्।

आफ्नो प्रेमकथालाई पर्दामा उतार्न भरपुर मिहेनत गरेको बताउने यो दम्पती नत पुनः कुनै फिल्ममा अभिनय गर्ने सोच छ, नत फिल्मको व्यापारप्रतिको मोह। ‘मेरो जीवन सामुदि«क छाल जस्तै छ। कहिले तल कहिले माथि। तर पनि म कहिल्यै बहकिएकी छैन। हामी हाम्रो जीवनको धरातल कहिलै बिर्सने छैनौँ र अबका दिन पनि आम सर्वसाधरण जस्तै जीउने छौं।,’ कविताले भनिन्,‘तर यदि परिचय, सन्तुष्टि र सम्मान फिल्म क्षेत्रले दिलायो भने हाम्रो आउँदो पुस्ताले पनि पक्कै यसलाई बिर्सने छैन। बस यत्तिमै सन्तुष्ट छौँ।’

फिल्म असार २९ बाट नेपाल भर प्रर्दशनमा आउँदै छ। यससँगै उमेश र कविताको वास्तविक प्रेमकथाका थप आयामहरु बाहिरिने छन्।

फिल्मका विषयमा निर्देशक चाम्स पनि उत्साहित छन्। ‘मेरो फिल्म पूर्ण रुपमा जीवन चित्रणमा मात्र आधारित त पक्कै छैन। दर्शकले हेर्नलायक केही मसला मिसाएको छु तर कथा र पात्र उही छन्।,’ चाम्सले फिल्मबारे भने,‘यो प्रेम कथामा वास्तविक पात्र नै उभ्याएको छु। उनीहरुको जीवन भोगाइका घटना र स्थान सबै फिल्ममा समावेश गराएको छुु।’ निर्देशक चाम्स फिल्म सफल हुनेमा विश्वस्त देखिन्छन्। भन्छन्,‘फिल्मको सफलतालाई लिएर म विश्वस्त छु। आशा छ की उमेश र कविताको कथाले दर्शकको मन जित्ने छ।’

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्