काठमाडौं– सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच धकेलाधकेल र हातपात हुँदा दुई जना घाइते भएका हुन्। घटनामा अन्य ६ जनालाई सामान्य चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो।
मंगलबार राति दुई पक्षबीचमा विवादसँगै झडप भएको र बिहानमात्र दुई जना घाइते भएको जानकारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।
घाइते हुनेमा नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक रहेको र उनीहरुको उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।