• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नयाँबजारमा हिलाम्य सडकको सास्ती, महानगर भन्छ–जनसहभागिता नजुट्दा निर्माणमा ढिलाइ

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  ०८:३६
1140x725

पोखरा– पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ९ को कार्यालय छेउमै रहेको सडक बिग्रिएको लामो समय भइसक्यो। कार्यालयले असारसम्ममा सडक निर्माण कार्य सम्पन्न हुन्छ भनेर दावी गरेता पनि असार मसान्त आउन केही दिन मात्रै बाँकी रहँदा निर्माण कार्य सुरु भएको नामोनिसान भेटिँदैन।

सडक छेउमै विद्यालय छ। पानी परेको होस् या घाम लागेको समय, विद्यालय आउने विद्यार्थीलाई समस्या हुन्छ। पानी पर्दा हिलो त पानी नपर्दा धुलो खेप्नु विद्यार्थी तथा सो खण्ड भएर हिँड्ने पैदलयात्रीका लागि दैनिकीजस्तै बनेको छ। वर्षात् लागेसँगै दिनहुँ पर्ने पानीले सडक जलमग्न तथा हिलाम्य हुँदा हिँड्डुल गर्न पनि सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ।

बाटो छेउमा पसल गर्दै आएकी लक्ष्मी रेग्मीलाई छिट्टै सडकको अवस्थामा सुधार आए हुन्थ्यो भन्ने लाग्छ। उनी भन्छिन्, ‘पानी पर्दा हिलो हुन्छ, नपर्दा धुलो हुन्छ। तीन/चार वर्ष भयो कहिलेकाँही माटो ल्याएर पुरेजस्तो गर्छन्। तर, पानी पर्ने बित्तिकै फेरि त्यस्तै हुन्छ।’ सडकको अवस्था लामो समयदेखि उस्तै रहनुले जनप्रतिनिधि आएको अनुभुत गर्न नपाएको उनले गुनासो गरिन्।

तर कार्यालयसँगै जोडिएको सडक निर्माणतर्फ वडा कार्यालयको भने ध्यान पुग्न सकेको छैन। वडासचिव लोकदर्शन कोइरालाले सबै पक्रिया पूरा भइसकेर पनि जनसहभगिता नपुगेकाले काम रोकिएको दावी गर्छन्।

पृथ्वी राजमार्गअन्तर्गत पोखरास्थित पृथ्वी चोकबाट आवतजावत गर्दा बाटो जाम हुने गर्दछ। त्यही जामलाई छल्न साना सवारी तथा पैदल यात्रुहरु वैकल्पिक बाटोका रुपमा तुल्सीघाट हुँदै नयाँबजार निस्कने बाटो समाउँछन्। तर तुल्सीघाटको पुल कटिसकेपछि भने उनीहरु बाटोको अवस्था देखेर झनै निराश हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

वडासचिव कोइरालाले भने महानगरले तोकेको जनसहभागिता नहुँदा काममा ढिलाइ भएको बताउँछन्। ‘इस्टिमेटदेखि सबै कागजपत्र महानगरपालिकामा पेशसमेत भइसक्यो। पहिले १५ प्रतिशत जनसहभागिता गराउने कुरा थियो तर नपुगेपछि काम रोकिएको हो।,’ सचिव कोइराला भन्छन्, ‘माथि संग्रहालय छ तल स्कुल, अनि जनसहभागिता पुग्ने कुरै भएन।’

नवप्रभात माध्यामिक विद्यालय, नयाँबजार अगाडिको यो सडकलाई थुप्रैपटक ग्राबेल हालेर मर्मत गर्दै आइएको छ। तर, त्यसले स्थायी समाधान भने दिन सकेको छैन। केही समयअघि सचिव कोइरालाले नेपाल लाइभसँगको कुराकानीमा असारमै काम सक्ने बताएका थिए। तर अहिलेसम्म त्यसको कुनै छाँटकाँट देखिदैन। ‘फाइल उपभोक्ता समिति सदस्य राममाया मानन्धरलाई बुझाइसकेको छु।,’ उनले भने, ‘हामी पनि निरन्तर पछयाइरहेका छौं, जनसहभागिता नपुग्ने भएपछि मेयर सा’बले टेन्डरमा लैजाने भन्नुभएको छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

वडाले बाटो मर्मत गर्न ४२ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। वडा सदस्य तथा उपभोक्ता समिति सदस्यसमेत रहेकी राममाया मानन्धर महानगरले पहिले २० प्रतिशत जनसहभागिता आवश्यक रहेको बताए पनि जुटाउन नसकिएको स्वीकार गरिन्।  उनले भनिन्, ‘जेठको अन्तिममा आएर बल्ल २० प्रतिशत जनसहभागिताको तोक लगाइदिनु भयो। पछि स्कुल र संग्रहालय छ भनेपछि १५ प्रतिशतमा आयो तर त्यो पनि धेरै भयो। हामीले ५ प्रतिशतमात्रै जनसहभागिता खोजेका थियौं।’

सडक मर्मत हुन ढिलाइ हुनुको अर्को कारण ढल निकास भएको सदस्य मानन्धरको बुझाइ छ। ‘त्यहाँ जम्मा हुने पानी कसरी निकास गर्ने भन्ने बारेमा निरिक्षण नै भइरहेको छैन,’ उनी भन्छिन्, ‘यो बाटो टेन्डर नै निकालेर गर्ने भए तत्काल हुनसक्ने अवस्था नै छैन, साउनपछि मात्रै हुन्छ।’

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्