काठमाडौं– निर्वाचन आयोगले पाँच वर्षअघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनको तुलनामा अहिलेको स्थानीय तहको निर्वाचन सस्तो हुने दाबी गरेको छ।
आयोगको पत्रकार सम्मेलनमा प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन्।
‘देशभरका ७५३ वटै निर्वाचन अधिकृत कार्यालय, ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, निर्वाचन आयोग खर्चलगायत सबै जोडेर प्रति मतदाता खर्च हामी पछि निकालेर सार्वजनिक गरौंला,’ उनले भने, ‘तर, ०७४ को निर्वाचनदेखि अहिलेको निर्वाचनको ५ वर्षसम्मको अवधिमा मुद्रास्फिति, डलर र मूल्यको वृद्धि, ३७ लाख मतदाता संख्याको वृद्धि निर्वाचन खर्च निश्चित बढाउँछ। मतदान केन्द्र, निर्वाचन सामग्री यो सबै कुरालाई मध्यनजर गर्दै हिसाब गर्नुभयो भने ०७९ तुलनात्मक रुपमा सस्तो हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।