• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गाउँभरि ६० लाख रुपैयाँ ऋण उठाएर महिला बेपत्ता, पीडित भन्छन्– सहयोग गर्दा ठगियौं

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०७५  ०४:१७
1140x725

राजविराज– गाउँभरि ऋण उठाएर छिमेकी महिला बेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलबरियाका महिलाहरु यतिबेला समस्यामा छन्। फरार महिलालाई पक्राउ गरी कारबाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी/प्रशासन धाउनु उनीहरुको दैनिकी बनेको छ।

पति विदेश गएपछि छोराको पढाइ र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नी रामपरी देवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर बेपत्ता भएको पीडितहरुको गुनासो छ।

छोरा इन्द्रनारायणको पढाइका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाइ छ। रामपरीका दुई छोरामध्ये इन्द्रनारायण भारतको बेङ्लौर र ध्रुव राजविराजमा अध्ययनरत छन्।

बेपत्ता रामपरी विरुद्ध गाउँका करिब ४० जना महिलाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन्। उजुरीमा रामपरीले आफ्नो व्यावहारिक कठिनाइ देखाएर गाउँका हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिब ६० लाख रकम ठगेर बेपत्ता भएको उल्लेख छ।

व्यावहारिक समस्या बुझेर सहयोग गर्दा आफूहरु अप्ठ्यारोमा परेको महिलाहरुले गुनासो गरे।  

‘छोराको पढाइ नै रोकिने भो भन्दै बिलौना गरेपछि पतिले विदेशबाट पठाएको सबै १ लाख २५ हजार रुपैयाँ निकालेर दिएँ’, पीडितमध्येकी प्रमिला चौधरीले भनिन्, ‘अब श्रीमानले पैसा खै भन्दा मैले कसरी देखाउने?’ उनका पति भगवतीप्रसाद चौधरी वैदेशिक रोजगारीका क्रममा कतारमा छन्।

स्थानीय देवकी चौधरीले रामपरीले आफूसँग पटक–पटक गरी २ लाख नगद र ५ आना सुन लिएको दाबी गरिन्। मलेसियामा रहेका पति नारायण चौधरीले पठाएको पैसा आफूले रामपरीलाई ऋण दिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

रामपरीले स्थानीय स्तरमा रहेका स्वावलम्बन विकास बैंक, महुली सामुदायिक विकास केन्द्र, स्वेडेक, निर्धन उत्थान बैंक, ग्लोबल बहुमुखी सहकारी लगायत आधा दर्जनभन्दा बढी वित्तीय संघसंस्था मार्फत पनि दर्जनौं महिलाको लाखौं रुपैयाँ ठगेको रामकुमारी विश्वकर्माले बताइन्। रामपरीकै प्रयासमा गाउँका महिलाहरुहरुले समूह–समूह बनाई सहकारी र बैंकमा बचत खाता सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय उनले तिनै समूह प्रयोग गरी अधिकांश सहकारी/बैंक मार्फत ऋण लिएको महिलाहरुले बताएका छन्। छरछिमेकीले थाहा पाए इज्जत जान्छ भन्दै कसैलाई नभन्न भनेकाले लामो समयसम्म रामपरीको ठगी धन्दा गुपचुप रहेको उनीहरु बताउँछन्।

‘बैंकले किस्ताका लागि पत्र पठाउन थालेपछि मात्रै आफू ठगिएको पत्ता पायौं’, स्थानीय वासुदेव ठाकुरले भने, ‘घरमा खाने अन्न छैन, अर्काले लिएको ऋणको किस्ता कसरी बुझाउने?’ व्यक्तिगत रकम डुबेको भन्दा पनि बैंकको किस्ता कसरी चुक्ता होला भन्ने पिरलोले गाउँभरिका मानिसको भोकतिर्खा हराएको उनले बताए।

पूर्व गाविस अध्यक्ष शत्रुघन आजादले गाउँ नै डुबाएर बेपत्ता भएकी रामपरी र उनका पतिलाई तत्काल उपस्थित गराई ठगिएकाहरुलाई न्याय दिलाउन निमित्त सिडिओ नरबहादुर खड्का र एसपी मुकेशकुमार सिंहलाई आग्रह गरिएको बताए।

इलाका प्रहरी कार्यालय कल्याणपुरका सई भगवानी ठाकुरले पीडितहरुको उजुरी दर्ता भएको जानकारी दिँदै बेपत्ता महिला र उनका पतिको खोजी भइरहेको बताए।

पीडित व्यक्तिहरु र ठगिएको रकम:

विनिताकुमारी साह                ४ लाख ६० हजार
प्रमिला चौधरी                      ३ लाख ५० हजार
कौशिला चौधरी                    ४० हजार
प्रमिलादेवी रसाइली              ५८ हजार
समिन्द्रा चौधरी                     २३ हजार
रामकुमारी चौधरी                 १ लाख ३० हजार
सीतादेवी विक                      २ लाख ७५ हजार
उदयप्रसाद चौधरी                 ५ लाख
उर्मिलादेवी साह                    ७० हजार
सरस्वती ठाकुर                    १ लाख ५० हजार
देवकी साह                          ६ लाख २९ हजार
पार्वती चौधरी                      ३ लाख
देवकी चौधरी                       २ लाख नगद र ५ आना सुन
हरिहरदेवी चौधरी                  १ लाख २२ हजार
विणदेवी ठाकुर                    १ लाख
रिनाकुमारी साह                  २ लाख
प्रमिला चौधरी                     १ लाख २५ हजार
किसनी चौधरी                    २ लाख
सुरेखा चौधरी                      ६५ हजार
रामप्रसाद साह                    ३ लाख
रामकुमारी विक                  २ लाख ५० हजार
देवकी चौधरी                      ५० हजार
वासुदेव ठाकुर                     १ लाख ५० हजार
लुडकी चौधरी                      १ लाख ७१ हजार
सुगावती चौधरी                   ३ लाख
नथरी चौधरी                       ६ हजार
जितनी चौधरी                     ४० हजार
रामकुमारी साह                   ४ लाख
मनोज साह                         २८ हजार
वर्तनदेवी चौधरी                  १ लाख ५० हजार


जम्मा:                              ५८ लाख ४२ हजार नगद र ५ आना सुन

प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्