काठमाडौं– निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम पौडेलले आचारसंहिता उल्लंघन गरेको आरोपमा जरिवाना गर्नुमात्र कारबाही नभएको दाबी गरेका छन्।
आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोधिरहेको भन्दै कारबाही नगरेकोमा बचाउ गरे। ‘जरिवाना गर्नु मात्र कारबाही होइन,’ उनले भने, ‘५० –५५ जना व्यक्ति र पार्टीहरुलाई स्पष्टीकरण सोधेको छ। यो पनि एक प्रकारको कारबाही नै हो।’
शीर्ष नेता वा अरु भनेर नछुट्ट्याउने भन्दै आचारसंहिता उल्लंघन गरेको हो कि हैन भनेर हेर्ने दाबी उनले गरे। उनले मुख्यमन्त्रीदेखि अन्य नेतालाई पनि आयोगले स्पष्टीकरण सोधेको दाबी उनले गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।