रसुवा– पासाङल्हामु राजमार्गको रसुवा खण्डस्थित ग्राङमा डोजर बिग्रिँदा सडक अवरुद्ध भएको छ।
मंगलबार राति परेको अविरल वर्षाका कारण मूलखर्कमा झरेको पहिरो पन्छाएर फर्कने क्रममा ग्राङ भन्ने ठाउँमा डोजर बिग्रिएपछि सडक अवरुद्ध भएको हो। बिग्रिएको डोजर बनाउन काठमाडौंबाट प्राविधिक बोलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
‘साँघुरो सडकमा डोजर बिग्रिएकाले सवारीसाधन आवतजावत रोकिएको हो, दिउँसो ३ बजेसम्ममा प्राविधिकसहितको टोली आइपुगेर सडक खुलाउँछ’, उनले भने।
बुधबार बेलुकीसम्ममा सवारी साधन सञ्चालनमा आउने सम्भावना रहेको पौडेलले बताए।
मंगलबार रातिदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन धुन्चे, कालिकास्थान, राम्चे लगायतका क्षेत्रमा रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।