• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

नेकपा(एस)को चुनावी प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

64x64
नेपाल लाइभ आइतबार, वैशाख २५, २०७९  १०:२५
1140x725

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) बूढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको  ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ। 

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ। ‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहरः सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ।

नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने,  उज्यालो टोल कार्यक्रम चलाइने, नगरस्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्रम घोषणपत्रमा समेटिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी  संस्थाको सबलीकरण गरिने, लघुउद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा  सुकुम्बासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ।

सो अवसरमा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा  बागमती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौं र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने बताए। 

पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार  शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा  बूढानीलकण्ठ मन्दिर प्रवर्द्धन तथा कपन क्षेत्र  डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने बताइन्। 

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गरे। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धारमा सरकार असफल भयो, अब राहत र पुनर्निर्माणमा गम्भिर हुनुपर्छ : प्रचण्ड
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
उद्धारमा सरकार असफल भयो, अब राहत र पुनर्निर्माणमा गम्भिर हुनुपर्छ : प्रचण्ड बुधबार, भदौ १७, २०८३
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा बुधबार, भदौ १७, २०८३
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्