काठमाडौं– नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर २ हजार ७१६ नमुनाको परीक्षण हुँदा शनिबार १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।देशभर हाल २०५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ हजार ६५६ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।