काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ।
मंगलबार प्रधानमन्त्री केपी ओलीले पुस्तकालय भवनको उद्घाटन गरे। भारतीय सहयोगमा निर्माण भएको पुस्तकालय उद्घाटन समारोहमा नेपालका लागि भारतका राजदूत महामहिम श्री मञ्जीव सिंह पुरीको पनि उपस्थिति थियो।
भारत सरकारको ४ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको सहयोगमा भवन निर्माण भएको हो।
पुस्तकालय भवनमा उच्चस्तरीय अफसेट प्रेसको सुविधा पनि रहेको जनाइएको छ। प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिएको छ। पुस्तकालयले भारत र नेपालका कलाकार तथा प्राज्ञहरुबीच दरिलो सम्बन्ध विकास गर्न मद्दत गर्ने विश्वास रहेको भारतीय दूतावासले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।