कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका ६ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मृत्यु भएको छ।
मंगलबार नहरको डिलमा खेल्दै गरेका बेला बालिका नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।
यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ। नदीमा पानीको बहाव उच्च भएकाले शव निकाल्न नसकिएको प्रहरी नायब उपरीक्षक सेटीले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।