काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीमैत्री ऐन तथा कानुन निर्माणका लागि पहल गरिदिन कानुनमन्त्री शेरबहादुर तामाङ समक्ष आग्रह गरेको छ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीमैत्री कानुनको अभावमा व्यवसायीहरुले भोग्नुपरेका समस्याबारे जानकारी गराउँदै यस्तो माग गरेका हुन्। व्यवसायीहरुको समस्या स्थायी रुपमा सम्बोधन हुनेगरी यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गरिदिन पनि उनले आग्रह गरे।
यसैबीच, महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पाको विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरला नाका–अपर मुस्ताङ, तामखोला सडकखण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको टिप्पर दुर्घटनामा मृत्यु भएकोेमा महासंघले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले घाइतेहरुको उपचारका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन स्थानीय निकाय, ट्रेड युनियनहरु, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।