काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगको भनाइ छ।
अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले उल्लेख गरेको छ। आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको सूची सार्वजनिक भएको हो।
‘केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रविस्ट हुन बाँकी भएकाले विवरण केही थपघट हुन सक्नेछ,’ आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।