काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमन्त्रित कार्यसमिति सदस्य मनोनयन गरेका छन्।
मंगलबार देउवाले किरणराज शर्मा पौडेल (बाग्लुङ) लाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा कांग्रेसको नियमावली २०६८ बमोजिम मनोनयन गरिएको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।