विराटनगर– झापाको मेची पुलबाट ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र बाराको निजगढका बिष्णु थापालाई प्रहरीले पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा डाँगीको साथबाट साढे ४ ग्राम ब्राउन सुगर बरामद भएपछि उनकै बयानका आधारमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले जनाएको छ।
डाँगीले सर्टको बाहुलाभित्र लुकाएर ब्राउन सुगर बोकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।