विराटनगर– इलाममा एक किलो गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
इलामको सुर्योदय नगरपालिका–२ बागबिरेबाट स्थानीय रिता रिजाललाई पक्राउ गरिएको हो।
घरबाटै गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा चेकजाँच गर्दा विभिन्न आकारका पोका बनाई बिक्रिका लागि राखिएको एक किलो गाँजा बरामद भएपछि रिजाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
यसैगरी, सोही वडाका कामीडाँडास्थित सामुदायिक वनमा लगाइएको ३ सय गाँजाको बोट पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।