विराटनगर– प्रहरीले उदयपुर र सुनसरीबाट लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
उदयपुरको कटारी नगरपालिका–२ का १८ वर्षीय प्रतिक तामाङलाई त्रियुगा नगरपालिका–६, लालपत्ताबाट पक्राउ गरिएको छ। उनको साथबाट फेनारगन, लुपिजेसिक, डाइजेल्याब तथा सिरिन्ज बरामद भएको प्रहरी चौकी लालपत्ताले जनाएको छ।
यसैगरी, लागूऔषधसहित मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय दिलिप लिम्बु र इटहरी उपमहानगरपालिका–५ का मनोज कार्कीलाई इटहरीबाट पक्राउ गरिएको छ।
उनीहरुको साथबाट, डाइजोल्याब, फेनारगन र लुपिजेसिक लगायतका लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।