काठमाडौं– स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताको मनोनयन गराएका कतिपय उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना तथा जानकारी प्राप्त भइरहेको भन्दै निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
'यस्ता गतिविधिले संविधान र प्रचलित कानुन बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानुनी अधिकार कुण्ठित हुन जाने' आयोगको भनाइ छ।
'निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानुन र लोकतन्त्र माथि आघात पुर्यानउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ', आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।