काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन (मतदान) हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।
'स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने', आयोगद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले ती ठाउँमा त्यस अवधिभर विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि आयोगले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।