पोखरा– कास्कीमा हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–५ का रुद्रबहादुर गुरुङ छन्।
अवैध हतियार गोठमा लुकाइराखेको खबरका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। गुरुङलाई भरुवा बन्दुक १ थान, बारुद २ सय ग्राम र १५ वटा छर्रासहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।