काठमाडौं– सरकारले सिन्धुलीमा विमानस्थल निर्माणका लागि तयारी थालेको छ। सिन्धुलीको कमलामाईमा विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक संजीव गौतमका अनुसार विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भइसकेको छ। सम्भाव्यता अध्ययनसम्बन्धि रिपोर्टका आधारमा विमानस्थल गर्ने÷नगर्ने निर्णय हुने उनले बताए।
देशका अन्य जिल्लाहरुबाट पनि विमानस्थल निर्माणका लागि माग भइरहेको गौतम बताउँछन्। सरकारले पूर्वाधार बिना नै कतिपय जिल्लाहरुमा विमानस्थल सञ्चालनको तयारी गरिरहेको भन्दै आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।