काठमाडौं- कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह सरकारले गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो।
अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।