काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत आज (बुधबार) र भोलि (बिहीबार) निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ।
आइतबार र सोमबार मनोनयन दर्ता गराएको आयोगले मंगलबार उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो।
त्यस्तै, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
आयोगले बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन्।
बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ। मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन्। बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
दुई दिनको मनोनयनको समयमा देशभर डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।