काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन जित्नका लागि तलका कार्यकर्ताले उम्मेदवार छान्ने विकल्पमा जानुपर्ने प्रस्ताव गरेका छन्। सामाजिक सञ्जालमा उनले यस्तो विकल्प अघि सारेका हुन्।
उनले भनेका छन्, 'निर्वाचन सुधार्न- टिकटमा 'टिक' प्रथा अन्त्य गर्दा दलहरु नै बलियो हुन्छन्। 'माथि'ले होइन 'तलका कार्यकर्ताले' उम्मेदवार छान्ने प्राइमरीमा जाउँ।'
त्यसो हुँदा बागी, विद्रोही, अन्तरघात, टिकट खरिद-बिक्री, दल त्याग कम हुने उनको भनाइ छ। साथै, कार्यकर्ताको रोजाइको उम्मेदवार हुँदा प्रचार खर्च पनि स्वत: घट्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।