काठमाडौं- खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा आफ्नै कार्यकर्ताबाट लखेटिएका मेयरका उम्मेदवार धर्मराज पोखरेल टिकटबाट पनि लखेटिएका छन्।
स्थानीय कार्यकर्ताको विरोधपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई टिकट दिएका छन्।
भट्टराईलाई टिकट नदिइएको भन्दै हेलिकोप्टरबाट उम्मेदवारी दर्ता गराउन पुगेका पोखरेललाई कांग्रेस कार्यकर्ताहरुले लखटेका थिए। उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए।
कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्तेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।