काठमाडौं– विवेकशील साझा पार्टीले पोखरा महानगरपालिकामा पार्टीकी गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सुशीला केसी अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ।
उपमेयरमा पनि केन्द्रीय सदस्य माधव भण्डारीलाई उम्मेदवार बनाइएको छ। पछिल्लो २ दशकयता शैक्षिक क्षेत्रमा संलग्न केसी विभिन्न संस्थाहरूमार्फत् सामाजिक विकासका मुद्दाहरूमा संलग्न रहँदै आएकी विवेकशील साझाले जनाएको छ। उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्।
उपमेयर उम्मेदवार भण्डारी विद्युत प्राधिकरणका पूर्वसहायक इञ्जिनियर हुन्। जनप्रकाश बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भण्डारी मानव अधिकार तथा सामाजिक सेवाका विभिन्न काममा सकृय रहँदै आएका विवेकशीलका प्रवक्ता शरदराज पाठकले बताएका छन्।
महिला नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रयास अन्तर्गत पार्टीले काठमाडौंपछि पोखरामा पनि सक्षम, इमानदार र अनुभवि नेतृलाई मेयरको उम्मेदवार बनाएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।