पर्सा- वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धनले आगुन्तकलाई रातो कार्पेट ओछ्याएका छन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमाले बनेका विजय सरावगीले प्रतिपक्ष गठबन्धनको मेयरका रुपमा उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनबाट भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जसपामा आइपुगेका राजेशमान सिंह उम्मेदवार बनेका छन्। सिंहलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन छ भने सरावगीलाई लोसपाको समेत समर्थन छ।
२०७४ सालको निर्वाचनमा वीरगन्जमा महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरम (अहिले जसपा)बाट सरावगीले जितेका थिए। सरावगीले १९ हजार ३ सय ९३ मत ल्याए।
राष्ट्रिय जनता पार्टी(राजपा हाल लोसपा)बाट उम्मेदवार बनेका राजेशमान सिंहले १२ हजार १ सय ६५ मत ल्याएर तेस्रो बनेका थिए। दोस्रो स्थानमा भने कांग्रेसका अवज द्विवेदी थिए। गठबन्धनका कारण यसपल्ट कांग्रेसले वीरगञ्जको उपमेयरमा मात्रै उम्मेदवारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।