खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताहरुले नै लखटेका छन्। उनलाई टिकट दिने निर्णय गलत भएको भन्दै कार्यकर्ता आन्दोलित थिए।
कांग्रेस प्रदेश कमिटीले दिक्तेलको मेयरमा पोखरेलाई उम्मेदवार बनाएपछि दिक्लेलस्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो। त्यसपछि पोखरेल उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर पुगेका थिए।
पोखरेल नभइ कांग्रेस जिल्ला समितिका उपसभापति तिर्थराज भट्टराईलाई मेयरको टिकट दिनुपर्ने माग कार्यकर्ताको छ।
दिक्तेलका सबै वडा, नगर कमिटी र जिल्ला समितिले भट्टराईलाई सिफारिस गरेपछि प्रदेशले पोखरेललाई टिकट दिएको हो। कार्यकर्ताको चर्को दबाबपछि टिकटमा पुनर्विचार गर्न छलफल जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।