पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा किरियापुत्रीले उम्मेदवारी दर्ता गराएका छन्। आमाको काजकिरियामा रहेको पाँचौ दिनमा भीमलाल अधिकारीले नेकपा एमालेको तर्फबाट मेयर पदमा मनोनयन दर्ता गरेका हुन्।
सोमबार दिउँसो अधिकारीले निर्वाचन कार्यालयमा पुगेर अधिकारीले मनोनयन दर्ता गराएका हुन्।एमाले जिल्लासचिव समेत रहेका अधिकारी ठूलो संख्यामा नेता कार्यकर्तासहित किरियापुत्रीको पहिरनमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए।
अधिकारी एमालेबाट मेयरका उम्मेदवार हुन्। उनी नेकपा एमालेका जिल्ला सचिवसमेत हुन् । अधिकारी मनोनयन गर्न जाँदा ठूलो संख्यामा कार्यकर्ता र सर्मथकहरू निर्वाचन आयोगको कार्यालयसम्म सँगै पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।