बझाङ- मेयरको टिकट नपाएपछि बझाङको बुंगल नगरपालिका कांग्रेस सभापति नरेशबहादुर थापाले राजीनामा दिएका छन्।
उक्त पालिकामा कांग्रेसले जयबहादुर धामीलाई मेयरको टिकट दिएपछि उनी असन्तुष्ट बनेका हुन्। पार्टीले जनभावना विपरित टिकट वितरण गरेको उनको दाबी छ।
थापाले राजनीमा पत्रमा भनेका छन्, 'बुंगल नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षका सम्पूर्ण पदहरुमा नगरबासीको जनभावना विपरित टिकट वितरण गरेकोमा म नरेश थापा पदमा बसिरहन औचित्यहिन ठान्दछु। सोही कारण आजको मितिबाटै नेपाली कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।