• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

पिएल सिंहपछि काठमाडौं महानगरमा 'सिर्जना सिंह' बन्ने अवसर

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  १४:११
1140x725

काठमाडौं- कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकी उम्मेदवार बनेकी सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जाल ट्विटरमा लेखिन्, 'मेयरको धेरै चर्चा भयो.. काठमान्डुमा धेरै मेयर भए.. पिएल सिंहको पालामा मात्र केही सुधार भए। अब बाँकी सुधार गर्न महिला मेयरको माग राखौं..पुरूष मेयर धेरै हेर्‍यौं, अब महिला मेयर हेरौं-रोजौँ..सोच बदलौँ..काठमान्डुको मुहार बदलौं.. व्यवस्थित सहर बनाऔँ.. जय काठमान्डु ..जय नेपाल।'

ट्विटरमा सक्रिय सिर्जनाले यो पोष्ट त्यतिबेला गरेकी थिइन्, जतिबेला उनी 'मेयरको रेस'मै थिइनन्। एक महिनाको राजनीतिक उतारचढावले सिंहलाई मेयर बन्ने मूलबाटोमा पुर्‍याएको छ। पिएल सिंहपछि सुधारकी सूत्रधार 'सिर्जना सिंह' बन्ने  अवसरको निकट ल्याइपुर्‍याएको छ। 

सक्रिय राजनीतिबाट टाढा रहेकी सिंहको यो पोष्टले त्यो समय केही संकेत त गर्थ्यो। तर, धेरैले उनी राजनीतिमा आउन खोजेको भन्दा पनि काठमाडौंकी वर्तमान उपमेयर हरिप्रभा खड्गीका पक्षमा मत जाहेर गरेको रुपमा बुझे। 

चैत १४ गते नेपाल महिला संघ काठमाडौंले सिर्जना सिंहलाई मेयरमा उठ्न अनुरोध गर्दै उमेदवार बनाउन पार्टीमा लबिइङ गर्ने निर्णय गर्‍यो।  कम्तिमा ३३ प्रतिशत अध्यक्ष र प्रमुख तथा वडाध्यक्षमा महिलालाई नै अघि सार्नुपर्ने निर्णय गर्‍यो।

उक्त निर्णय लिएर सिंह निवास चाक्सीबारी पुगेका महिला संघका नेताहरुलाई सिंहले आफू राजनीतिबाट ओझेलमा रहेकाले आरोप बेहोर्नुपर्ने संकेत गरिन्। निर्णयको स्वागत गर्न हिचकिचाइन्।

त्यही निर्णयले सिर्जनालाई काठमाडौंको मेयरको दाबेदारका रुपमा कांग्रेसवृत्तभित्र र बाहिर चर्चा दिलायो। २०३६ सालमै बहुदललाई जिताउन गृहजिल्ला गोर्खा पुगेकी राजनीतिक कार्यकर्ता सिंहमा फेरि सक्रिय राजनीतिमा आउने मोह पलायो।

२०४२ साल फागुनमा गणेशमान सिंह पुत्र कांग्रेस नेता प्रकाशमान सिंहसँग विवाह गरेपछि राजनीतिमा आफूलाई पर्दापछाडि धकेलेकी थिइन्, उनले। नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म प्रकाशमान सिंहको राजनीतिक उचाइमा इँट-गाह्रो लगाउनै सक्रिय भइन्। उक्त महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका प्रकाशमानले जितेनन्। दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाई समर्थन गरे। प्रकाशमान राजनीतिक रुपमा 'रिटायर्ड'को संघारमा रहेको समयमा सिर्जना सक्रिय हुने संयोग जुरेको छ। 

सिर्जनाले २०३५–२०३८ सम्म महाबौद्ध क्याम्पसमा  नेपाल विद्यार्थी संघकी सचिवदेखि इकाइ सभापति हुँदाको जोश फेरि देखाउनुपर्ने भएको छ। २०३६ की महिला बहुदलीय प्रचार प्रसार समिति जिल्ला गोरखा अध्यक्षजस्तै गरी निडर हुनुपर्ने भएको छ र २०३९ सालकी प्रतिष्पर्धामा आफूलाई विजेता बनाएर छाड्ने सिर्जना बनाउनुपर्ने भएको छ। उनले त्यतिबेला शंकरदेव क्याम्पसको कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई हराएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२०४६ सालको जनअन्दोलनका लागि उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेलेको भूमिका,  २०३७ सालमा बीपी कोइराला स्वास्थ्यउपचारको लागि चन्दा संकलन गर्ने क्रममा पटक-पटक पक्राउ परेको, २०३७ सालमै नेविसंघ दाङ सम्मेलन समितिमा रही काम गरेको र २०५४ देखि निरन्तर नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार रही काम गरेको मूल्यांकन अहिले भएको छ।

राजनीतिक परिवारमा भएको विवाहका कारण देखिने ठाउँमा उभ्याउन नसकेकी उनले पार्श्वमा रहेर विभिन्न भूमिका निर्वाह गरेकी छिन्। आफूलाई सधैं व्यवस्थापकीय भूमिकामा राखेकी सिंहलाई यसपल्ट सत्ता गठबन्धनले देशकै राजधानीको जिम्मा दिएको छ।

तर, उनी चुनौतीमुक्त छैनन्। पहिलो चुनौती उनले आफ्नै नेता-कार्यकर्ताबाट झेलेकी छिन्। उनीहरु श्रीमान प्रकाशमानका कारण टिकट हत्याएको टिप्पणी गरिरहेका छन्। जसलाई उनले आफ्नो विगत बताएर प्रमाणित गर्नुपरेको छ। 

दोस्रो चुनौती अन्य दलका उम्मेदवार भइहाले। भोटको राजनीति गर्नेबारे एक महिनाअघिसम्म नसोचेकी उनलाई मतदाताले कसरी लिन्छन्? अन्य दलहरुले पनि काठमाडौंमा कमजोर उम्मेदवार उठाएका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी चुनौती पार गर्न सक्षम हुँदा उनीमाथि अर्को चुनौती हुनेछ। आफैंले परिवर्तन भएको महसुस नगरेको काठमाडौं परिवर्तन गर्ने। किनभने उनले भनिसकेकी छिन्- पिएल सिंहपछि काठमाडौं महानगरमा सुधार हुन सकेका छैनन्। आफैंले आइडलका रुपमा प्रस्तुत गरेका पिएल सिंहको अर्को भर्सन 'सिर्जना सिंह' उनी बन्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्