काठमाडौं– ललितपुर महानगरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफूहरुले निर्वाचन जित्ने आधार प्रशस्त रहेको दाबी गरेका छन्।
उनले आफूहरुको जित्ने आधार भनेको जनता नै भएको र यसपटक ललितपुरबासी आफ्नो पक्षमा रहेको उनले बताए।
२०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदवार भएका थिए। तर, नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जनसँग थोरै मतले पराजित भएका थिए। यसपटक पनि उनी गठबन्धनको उम्मेदवार चिरिबाबु महर्जनसँग प्रतिस्पर्धामा रहेका छन्।
उनले गठवन्धनसहित निर्वाचनमा छन् कसरी जित सम्भव छ त भनी सोधिएको प्रश्नमा सिंहको अगाडि स्याल धेरै हुन सक्छ, तर केही लाग्दैन भनी टिप्पणी गरे। उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।