काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले काठमाडौं महानगरबाहेक आफ्नो भागमा परेका नगरपालिकाको उम्मेदवार टुंग्याएको छ। कांग्रेसले गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाललाई दोहोराएको छ।
उक्त नगरका मेयर सन्तोष चालिसेको स्थान दीपक रिसालले पाएका छन्। कागेश्वरी मनोहरामा पनि अघिल्लो पटक पराजित उपेन्द्र कार्कीलाई पुनः उम्मेदवार बनाएको छ। उनी २०७४ सालको निर्वाचनमा थोरै मतले पराजित भएका थिए।
उम्मेदवारी छनोटमा विवाद भएपछि बागमती प्रदेशले सोमबार बिहानमात्र नाम टुंग्याएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका
प्रमुखः उपेन्द्र कार्की
गोकर्णेश्वर नगरपालिका
प्रमुखः दीपक रिसाल
उपप्रमुखः शान्ति नेपाल
चन्द्रागिरि नगरपालिका
प्रमुखः घनश्याम गिरी
उपप्रमुखः यमुनादेवी श्रेष्ठ
तारकेश्वर नगरपालिका
प्रमुखः कृष्णहरी महर्जन
उपप्रमुखः श्रृजना बुर्लाकोटी
दक्षिणकाली नगरपालिका
प्रमुखः मोहन बस्नेत
उपप्रमुखः बसन्ती तामाङ
नागार्जुन नगरपालिका
प्रमुखः मोहन बहादुर बस्नेत
उपप्रमुखः कल्याणी खडका
बुढानिलकण्ठ नगरपालिका
प्रमुखः विनोद चालिसे
शंखरापुर नगरपालिका
प्रमुखः ओम कार्की
उपप्रमुखः समिता श्रेष्ठ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।